दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहन्छ : प्रधानमन्त्री

काठमाडौं । हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई मजबुत…