सत्ताको आडमा बस्दा लागेको हिलो पखालौं भन्दा पनि नेताले मानेनन् : गुरु घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल गरेर महाधिवेशनको लागि २४८८ जनाको हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको बताए…