काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध भएका राजमार्गहरुमा कोशी राजमार्ग क्षेत्रको सङ्खुवासभा, नेपाल९चीन नाका जोड्ने रसुवाको पुल छन्। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित बेँसीशहर(मनाङ सडकखण्ड पनि अवरुद्ध भएको छ। त्यसैगरी गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडकखण्ड,…