धनगढी – कैलालीको धनगढीमा ड्युटीमा रहेको प्रहरीमाथि एक जनाले चक्कु प्रहारको प्रयास गरेका छन्। मंगलबार राति ८ बजेतिर धनगढीको ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेका युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहारको प्रयास भएको हो। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। प्रहरीका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न…