संसदमा अमर्यादित व्यवहार गर्नेहरूमाथि छानबिन गर्न समिति गठन, सांसदहरुलाई हुनसक्छ कारबाही

काठमाडौं । प्रतिनिधि सभाको आईतवारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ । सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए । उनकाअनुसार जाँचबुझ समितिमा सभाको…