काठमाडौं । सरकारले मुलुकको सार्वजनिक प्रशासनलाई प्रविधिमैत्री बनाउन र डिजिटल रूपान्तरणमा ठूलो फड्को मार्ने लक्ष्यका साथ ८० जनाको विशेष प्राविधिक टोली गठन गर्ने भएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल सरकारका विभिन्न सफ्टवेयर तथा सूचना–प्रविधिसम्बन्धी कार्यहरूलाई एकीकृत रूपमा सञ्चालन गर्न यो टोली परिचालन गर्न लागिएको जानकारी दिए ।…