अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन : विश्वप्रकाश शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा केही मान्छे जेल जाँदैमा कसैले पनि रुवाबासी गर्न जरुरी नरहेको बताएका छन् । बुधबार ट्विटरमा लेख्दै काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्दा रुवावासी गर्न जरुरी नरहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी,…