पहिरोले कान्ति लोकपथ अवरुद्ध, खोलाको बगरमा अलपत्र चारजनाको उद्धार

वाग्मती । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११, लाम्राङमा आज पहिरो खस्दा उक्त सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए । यसैबीच, मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लिपुरस्थित राप्ती…