काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी 'बेटिङ' र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी ९स्क्यामिङ० रोकथामको विषय समेटेको थियो । कार्यसूचीको ४२औँ बुँदामा भनिएको छ, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…