काठमाडौं– न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीबारको बैठकले नियुक्ति सिफारिस गरेको हो । जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरूमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, फणेश्वरी घिमिरे, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी छन् ।…