टेरामक्समा मुछिएका प्राधिकरण अध्यक्ष खनालको राजीनामा स्वीकृत,कार्यवाहक अध्यक्षमा अधिकारी

काठमाडौं । सरकारले टेरामक्स प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालको राजीनामा स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो । अध्यक्ष खनालले कार्यकाल करिब सात महिना बाँकी हुँदै मंगलबार राजीनामा दिएका थिए। खनालको कार्यकालमा टेरामक्स र एमडीएमएस परियोजना आर्थिक अनियमितताको विवादमा परेका छन् । संसदीय समिति एवं छानबिन समितिले…