सुन काण्डमा मुछिएका पूर्व आईजीपी खनालको दाबि : ‘तस्करीमा संलग्न छैन’

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाग खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा खनाललाई समेत कारबाहीका लागि सिफारिस गरिएको भनी समाचार प्रकाशमा आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै खनालले…