बिहीबारदेखि जनकपुरमा कांग्रेसको मधेस प्रदेश सम्मेलन

जनकपुर । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन बिहीबारदेखि जनकपुरधाममा हुँदैछ । सम्मेलन तयारीका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेशका सभापति कृष्ण यादवले दुई दिनसम्म चल्ने पार्टीको पहिलो मधेश सम्मेलनले संघीयताको कार्यान्वयनमा नेता कार्यकर्ताको हिम्मत बढाउने बताएका छन् । उनले भने ‘यो सम्मेलनले पार्टीको मधेसमा उपस्थिति दर्शाउनेदेखि संघीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने…