काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ ।पार्टी कार्यालय सानेपामा आज दिउँसो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई देखाएर महासमिति बैठक आगामी फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । ‘राष्ट्रिय सभाको पनि निर्वाचन हुँदै छ । त्यतातिर पनि हामी…