काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन दुबई पुगेका छन् । उनले आज दुबईमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार राती नेपालबाट त्यसतर्फ प्रतिनिधिमण्डलसहित प्रस्थान गरेका दाहाल स्थानीय समय अनुसार राति करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका…