कूटनीतिक राहदानीबारे सभामुख अर्यालले गरे दलहरूसँग छलफल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग कूटनीतिक राहदानीको बारेमा छलफल गरेका छन्। प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खुस्बु ओलीले सांसदहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसको व्यवस्थापनबारे सभामुखले छलफल गरेको बताइन्। छलफलका क्रममा सांसद ओलीले राहदानी ऐन २०७६ र नियमावलीको कानुनी व्यवस्थाबारे स्पष्ट पारिन्। ऐनको दफा ६…