पहिचार पक्षधरसँग कोशी प्रदेश सरकारले थाल्यो दोस्रो चरणको वार्ता

विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी संगठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ । प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो । विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ २६…