काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समिति बैठकमा २०८२ मंसीर भित्र महाधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका पेश गरेका छन्। पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको बैठकमा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका उल्लेख छ। थापाले पेश गरेको प्रस्तावमा २०८१ असोजमा विधान महाधिवेशन गरिने उल्लेख छ। २०८१ साउनसम्म १५औं महाधिवेशनबाट…