प्रधानमन्त्रीका स्वकीय सचिव मल्लमाथि शक्ति दुरूपयोग गरेको आरोप

काठमाडौं । काठमाडौं नागर्जुन निवासी राजेन्द्रप्रसाद खनालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव रमेश मल्लले शक्तिको दुरुपयोग गरेर दुःख दिएको भन्दै न्यायको अपिल गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले यस घटनाबारे निष्पक्ष छानबिन भएर आफूलाई न्याय प्रदान हुन्छ भन्ने विश्वास रहेको बताए । उनले आफू र छोरामाथि ज्यादती गर्नेहरुमा रमेश मल्लको संरक्षणमा…