राजनीतिक परिवर्तनसँगै बालबालिकाको क्षेत्रमा पनि सुधार भएको छ : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राजनीतिक परिवर्तनसँगै बालबालिकाका क्षेत्रमा पनि उत्साहजनकरुपमा सुधार भएको बताएका छन् । शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनका साथै बालबालिकाको संरक्षण एवं विकासलगायतका विषयमा उत्साहजनक सुधार भएका छन् ।’मन्त्री…