काठमाडौं, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्यादेशअनुसार जोखिम उठाउन आवश्यक भएको बताए ।उनले भने, “हामी सबैले जिम्मेवारी बहन गर्ने तिरबाट सोच्नुपर्छ ।…