काठमाडौंस् प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद/बिक्री रोक्न माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद/बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले सेयर खरिद बिक्रीको कारोबारलाई मान्यता नदिन…