राजसंस्थाको मुद्दा त्यागे मात्रै लघुवित्तीयविरुद्धको संघर्ष समितिले दुर्गा प्रसाईंसँग सहकार्य गर्ने

काठमाडौं । ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का अध्यक्ष मनिराम ज्ञवालीले दुर्गा प्रसार्इं राजसंस्थाको मुद्दा त्याग्न तयार भए उनीसँग सहकार्य गर्ने बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईबाट वित्तीय अराजकताबाट पीडितजनताले मुक्ति नपाउने ठोकुवासमेत गरे । अध्यक्ष ज्ञवालीले २०४२ सालमा राजतन्त्रले खुल्ला…