माघ २९ २०७९, काठमाडौं । सरकार संचालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन छलफल भइरहेको बताइएको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्…