अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको हो । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ…