काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ । सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन् ।…