सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति एमालेबाट उम्मेदवार सिफारिस

आउदो मसिंर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागी सिरहा क्षेत्र नम्बर १को प्रतिनिधि सभा सदस्यमा प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिफारिस गरेको छ । एमालेले यो क्षेत्रबाट प्रहरीको हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका रामशंकर यादवलाई प्रतिनिधि सभाकालागि एकल उमेदवारको रुपमा नाम सिफारिस गरेको…