माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्वसांसद टंक राईसहित चारजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ…