काठमाडौं महानगरपालिका प्रुमख बालेन्न्द्र साह (बालेन)ले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएका छन् । आइतबार विज्ञप्ति जारी गरेर कानुनको उल्लंघन गरेर बनाइएको संरचना भत्काएको बताएका हुन् । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले अहिले भयावहको अवस्था सृजना भएको उनले बताए । ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित…