भक्तपुर क्षेत्र नम्बर २ मा कविर राणाको चर्चा

भक्तपुर– कविर राणा, जो राजनीति र पत्रकारितामा चर्चित नाम हो । सानै उमेरदेखि राजनीतिमा सक्रिय राणालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट नेपाली काँग्रेसले टिकट दिने चर्चा चलेको छ । बिक्रम संवत २०३६ सालदेखि नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका राणा अविचलित रुपमा काँग्रेसको राजनीतिमा सक्रिय छन्…