राष्ट्रसंघको महासभामा नेपाल निरन्तर युक्रेनको पक्षमा

संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको छ । ११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो । रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो…