नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष र युनियनसँग आबद्द सिनियर पत्रकारहरुसँग भेटघाट छलफल गरेका छन् । मंगलबार भएको भेटघाटमा नेपाल प्रेस युनियनको आसन्न केन्द्रीय महाधिवेशनबारे छलफल भएको डा. कोइरालाको सचिबालयले जनाएको छ । छलफलमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे,जीवन परियार, केन्द्रीय सदस्य सञ्जय गौतम र पत्रकारहरु तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश…