कर कटौती गरेर पेट्रोलिम पदार्थको मूल्य घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ : मन्त्री बडू

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि बढेको जनगुनासो सम्बोधन गर्न सरकारले आवश्यक पहल सुरु गरिसकेको बताएका छन् । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै मंगलबार १५ वटा विद्यार्थी संगठनको तर्फबाट संयुक्त ध्यानाकर्षण पत्र लिदै मन्त्रि बडूले पेट्रोलिम पदार्थ हाम्रो आफ्नै उत्पादन नभएकाले अन्तर्राष्ट्रिय बजारका कारण नेपालमा पनि बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नु…