ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको जानकारी दिएका हुन् ।…