निर्वाचन आयोगले ७९ दलसँग छलफल गर्ने

निर्वाचन आयोगले आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाइ बोलाएको छ । आचारसंहिताका विषयमा छलफल गर्न बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि दलहरूसँग प्रतिबद्धता खोजिएको हो,” प्रवक्ता पौडेलले भने, “स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाइएको छ ।”  …