नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनेक षडयन्त्र भइरहेकाले नेपालमा आजै पनि लोकतन्त्र सुदृढ र सुनिश्चित हुन नसकेको बताएका छन् ।नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रथम स्मृति दिवसका अवसरमा प्रकाशित ‘नवीन्द्रराज जोशी : व्यक्तित्व र योगदान’ पुस्तकको लोकार्पण गर्दै नेता पौडेलले लोकतान्त्रिक, प्रतिबद्ध र निष्ठावान् शक्तिलाई कमजोर तुल्याउने खेल भइरहेको उल्लेख गरे।…