नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफूहरुले नयाँ राजनीतिक संस्कृतिको विकास गर्न चाहेको बताएका छन् । राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ । नेपाली काँग्रेस स्याङ्जाको बिरूवा गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘हामी राजनीतिमा नयाँ संस्कृतिकको विकास गर्न चाहन्छौँ…