नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको बताएका छन्। स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आइतबार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न…