प्रधानमन्त्री देउबाले गरे देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०र१३२ केभी क्षमताको सबस्टेशन प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी…