नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी जिल्लाहरूको अधिवेशन फागुन १५ गते हुने भएको छ । बिहीबार बिज्ञप्ती जारी गर्दै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय सार्बजनिक गरेको हो। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वको अनुरोध बमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको निर्वाचन समितिले जनाएको…