नेपाल लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८-१९ चैतमा

लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।…