नेपाली कांग्रेसको आजदेखि सुरु हुन गइरहेको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य एनपी (नारायणप्रकाश) साउद प्रमुख पदाधिकारीका दाबेदार हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका साउदले सभापतिबाहेक प्रमुख पदाधिकारी अर्थात् उपसभापति वा महामन्त्रीमध्ये एक पदमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । यद्यपि उम्मेदवारी छनोट गर्ने जिम्मा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रहेको उनको भनाइ छ…