राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको आह्वानअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने