यि १० जिल्लाको कांग्रेस जिल्ला अधिवेशन फेरि सर्‍यो



जिल्ला अधिबेशन हुन बाकी १६ जिल्ला मध्य १० जिल्लाको नेपाली कांग्रेसको  जिल्ला अधिवेशन फेरि सरेको छ । फागुन १५ गतेदेखि हुने भनिएको  १० वटा जिल्लाको अधिवेशन  फागुन २० गते हुने बुधवार सुचना जारी गरेर कांग्रेसले जनाएको छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ९ : २४ बजे