सभामुखले बोलाएको आजको सर्वदलीय बैठकमा पनि एमाले नजाने

सभामुख अग्निप्रसाद सापकोटाले आजलाई बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नजाने भएको छ । एमाले नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आज बस्‍ने एमाले संसदीय दलको बैठकले यसबारे निर्णय गर्ने बताए ।आजको सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन,…