भोलिको संसद् बैठकमा एमसीसी टेबल गर्छौ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भोलिको प्रतिनिधसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।मंगलबार कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भोलिको संसद् बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा नेता प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए…