काठमाडौँ, ८ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म गम्भीर विषय उठान गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद कृष्णबहादुर रोकायाले क्यान्सर रोगको उपचार गर्नका लागि औषधि व्यवस्थापनका लागि आग्रह गरे । सांसद रेणु चन्दले जडीबुटी र पर्यटनको प्रचुर सम्भावना भएको लामपाटा च्याचोर क्षेत्रमा सीमा विवादसम्बन्धी समस्या समाधानका लागि आग्रह गरिन्…