नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच शपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धनका ४ दलको सहमतिपछी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु नियुक्त गरेका थिए। सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना…