देउवा पक्षले १३ पदाधिकारीको नाम आजै सार्वजनिक गर्ने



आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ । आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जुन यस्तो छ

 

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  १२ : ११ बजे