नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । उहाँले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २७७ को…